Section 3C
निजी स्वामित्वमा रहेका प्राचीन स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार :

(१) संरक्षित स्मारक क्षेत्रभित्रका निजी स्वामित्वमा रहेका प्राचीन स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार सम्बन्धित व्यक्तिले गर्नेछ ।

तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिले महत्वपूर्ण मानिएका निजी प्राचीन स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार पुरातत्व विभागबाट हुन आवश्यक छ भन्ने लागेमा त्यस्ता प्राचीन स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार पुरातत्व विभागले गर्नेछ ।

(२) उपदफा (१) बमोजिम प्राचीन स्मारकहरूको मौलिक स्वरूपमा परिवर्तन, मर्मत तथा जीर्णोद्धार गर्न वा त्यस्ता प्राचीन स्मारकहरू भत्काउन सम्बन्धित व्यक्तिले पुरातत्व विभागको स्वीकृति लिनु पर्नेछ ।

(३) संरक्षित स्मारक क्षेत्र बाहिरका निजी स्वामित्वमा रहेका प्राचीन स्मारकहरूको संरक्षण मर्मत तथा जीर्णोद्धार पुरातत्व विभागको निर्देशनमा स्थानीय तह वा सम्बन्धित व्यक्तिले गर्नेछ ।

तर गुठी संस्थान अन्तर्गत रहेका निजी प्राचीन

स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार पुरातत्व विभागको निरीक्षण, प्राविधिक सेवा तथा निर्देशनमा गुठी संस्थानले गर्नेछ । गुठी संस्थानबाट त्यस्ता निजी प्राचीन स्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार नभएमा गुठी संस्थानको स्वीकृति विना पुरातत्व विभाग आफैले वा स्थानीय तह वा कुनै व्यक्तिद्वारा त्यस्ता नीजि प्राचीन स्मारकहरुको संरक्षण, मर्मत तथा जिर्णोद्वार गर्न गराउन सक्नेछ ।

(४) कसैले उपदफा (२) वा (३) बमोजिम स्वकृति नलिई वा निर्देशन विपरित कुनै कार्य गरेमा निजलाई दशहजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुबै सजाय हुन सक्नेछ ।